Skip to main content

Posts

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...
Recent posts

कविता : कुहिरोको काग

कुहिरोको काग मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ, जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्, जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ, झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्, पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्, जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्, छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्, चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्, मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्, अनि तिर्खा मेट्छन् अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्, चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्, चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्, मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्, जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ, जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्, जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्, जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन, जहाँ ढुँगा...

अनेकको राजनीति ...

वर्षौं  वितिसक्दा पनि अझै अनिश्चित् वर्षहरु विदेसमै वित्ने निश्चित् छ । आउँदा पक्कै फर्कन्छु स्वदेस भन्ने नै थियो । अव बुढेशकालमा त के अनुहार लिएर फर्कनु र खै । जिन्दगीको के भर छ र? यतै–यतै मरिएलाजस्तो छ । मरेपछि जमीनमा गाडिनुमा र धुवाँ बनेर उड्नुमा के फरक छ त्यो त थाहा छैन । तर मरिहालेको वखत मलाई चितामा जल्न नै मन छ । धुँवा बनेर उड्न नै मन छ । यो मन, यति अनेकको राजनीति कसले बनायो होला? बाढीले पछारेको माछालेजस्तो, हुरिले लछारेको हाँगालेजस्तो, उड्दाउड्दै उडिरहँदा गुँड फर्किने बाटो विर्सिएको पंक्षीलेजस्तो मैले कतिन्जेल जोगाईरहन सकुँला मेरो हौसला? फर्किहालेछु कथम्कदाचित भने पनि मलाई पक्कै चिन्ने छैन भत्केको मेरो गुँडले, ईन्कार गर्ने छन् मेरा आफ्नै वचेराहरुले । मेरो शीरमा हात राखेर आशिर्वाद दिएको एउटा सिंगो पुस्ता जस्केलाबाट धुँवा बनेर हराईसकेपछि मैले कस्को सामु निहुराउने मेरो शीर? कस्को अगाडि बगाउने मेरा आँसु? को सामु फुकाउने भक्कानिएको मेरो मनको पोको? म त फर्किन्नँ होला । मरेपछि जमीनमा गाडिनुमा र धुवाँ बनेर उड्नुमा के फरक छ थाहा छैन । तर मरिहालेको वखत मलाई चितामा जल्न नै मन छ । ...

एनआरएनमा हाँकाहाँकी राजनीति हुनुपर्छ ...

गैरआवासिय नेपालीले राजनीति गर्नुपर्छ । राजनीति हुनु हुँदैन भनेर नहुने र गर्दिनँ भनेर नगरिने चिज रहेन अव । राजनीति गर्दिनँ भन्नु अर्को खतरानाक राजनीति हो । सरसर्ति हेर्दा राजनीति गर्नुहुँदैन भन्ने मुख्यतः तीन थरिका देखिन्छन् । धेरैजसो 'आरिसे'हरू हुन् जुन आफूले गर्न नसकेको कारण अरुको रिस गर्छन् । यी आफूले पनि सिन्को भाँच्ने प्रयत्न गर्दैनन् र अरुले गरेको देख्न पनि सक्दैनन् । दुसरा हुन् जसलाई विद्यमान वेथितिप्रति चरम चासो, रिस र घृणा छ तर वेथितिको जड मालुम छैन; यिनलाई असलमा राजनीतिको अर्थै था'छैन । तिसरा हुन् जो खतरानाक हुन् र मूख्य पनि हुन् । यि तिसरावाला गर्नुहुँदैन भनेर झन् खतरानाक र फोहोरी राजनीति गर्छन् । राजनीति गर्नेहरू नै 'गर्छु' भन्न डराउने हो भने यि दुसरावाला र आम मानिसको राजनीतिप्रतिको नकारात्मक धारणा कसरि परिवर्तन होला? व्यवहारमा त हामी सबै विदेशिएकाहरू एनआरएन हौं । गैरआवासिय नेपाली । परदेशमा खोलिएका हाम्रा सबै संस्थाहरू 'एनआरएन'का संस्था हुन् । जस्तै एनआरएन मगर समाज, एनआरएन महिला समाज, एनआरएन 'फलानो' समाज । सवै समाज । तर सन्दर्भ हो अहिले ...

सपनाहरूको लागि बाँचिरहेछु...

दिनभर हिँडेर कहिँ पुगिएन । जिन्दगीलाई रिज्यूमीमा खुम्चाएर क्याफे, होटल, रेष्टूराँ र कम्पनीका लकरहरूमा फाईलिङ् गरिरहें । महिनौं बितिसके यसरी । सयौं कपी बनिसके जिन्दगीका आजसम्म । लेखाजोखा छैन– कति प्रति जिन्दगीहरू रिसाईकल वीनमा आँसु चुहाइरहेका होलान् । केहि नखोजेर पनि खोजेजस्तो, केहि जानेर पनि नजानेजस्तो, बथान हराएको भेडोजस्तो यो शहर कैलेसम्म चाहार्ने होला मैले? मध्यान्हको चर्को घाम छलेर वोटानिक गार्डेन छिरेपछि मेरा निस्तेज आँखाहरूले अलि उर्जा प्राप्त गरे । थोरै राहतको अनुभूति भयो । अब पलभरको लागि भए पनि आँखाभरि समुन्द्र हेरेर चिसो हावासँगै कल्पनाशून्य टोलाउँदा मैले जीवनका सारा दुःखहरू बिर्सन सक्थें । परिचितहरूको भिड छलेर पाखा लागेपछि मैले कसैसँग लाज मान्न पर्दैनथ्यो । मैले निर्धक्क आफूलाई रुझाउन सक्थें, सुकाउन सक्थें । लुकाउन सक्थें, फुकाउन सक्थें । तर आज लामो समयसम्म दिमागमा कुराहरू पोको परिरहे, गुजुल्टिरहे । निदाउँदै-व्यूझिँदै गरेर देखेको विश्रृङ्खलित सपनाजस्तो कुन फेद हो, कुन टुप्पो हो टुङ्गो लगाउनै सकिनँ । जिन्दगीको श्रृङ्खला भत्किँदै जाँदा सपनाको श्रृङ्खला चुलिँदै जाँदोरहेछ । मान्...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...