कुहिरोको काग
मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर
मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ,
जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्,
जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ,
झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्,
पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्,
जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्,
छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्,
चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्,
मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्,
अनि तिर्खा मेट्छन्
अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्,
चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्,
चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्,
मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्,
जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ,
जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्,
जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्,
जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन,
जहाँ ढुँगामाथि गाईको गोवर राखेर बनाएका देवताहरु
राक्षससँग लड्ने क्षमता राख्छन्,
जुन ठाउँ सम्झँदा मात्रै पनि मनमा रंगीचंगी फूलहरु फुल्छन्,
जहाँ जान मन व्याकुल हुन्छ जहिले पनि ।
त्यसैले त वर्षौंपछि हिजो राती
चार हप्ताको विदा लिएर म त्यो डाँडापारि पुगें
तर अफसोस्
घरमा पुग्दा त्यहाँ कोही थिएन,
मेरो घरको दलिन धमिरा लागेर सिन्को झैं भएको थियो,
आगनका छपनीहरु फुटेर रक्ताम्य थिए
खाँवाहरुले घुँडा टेकेका थिए
झ्याल ढोकाबाट आउने चरक चरक आवाजले गुहार भनिरहेको थियो ।
ओहो, म आत्तिएँ, कराएँ, आमा भनें, बाबा भनें, गुहार भनें,
कोही आएन, भए पो आउँथे !
तिर्खाले ओंठ तालु सुक्यो, धारो खोजें
धारो जाने बाटोमा मोटरबाटोको पहिरो थियो
नजिकैको चौतारिको पीपलको बोट काटिएको थियो,
तिरतिरे धारो अनि पोखरि पुरिएको थियो ।
छिमेकीको घरमा गेट हालिएको थियो,
छेवैको धारामा मिटरवक्स थियो, चापी लगाएको थियो ।
म अत्तालिएँ, दगुर्न खोजें
मैले स्कूल जान दगुर्ने बाटो विस्तारिएको थियो
छेवैको वारिमा पातीको झाङ् पलाएको थियो
अलि तल्तिर मैले कखरा चिनेको स्कूल भत्किएको थियो,
बगैंचाका फलफूलहरु बाँदरले चिथोर्थे
अधिकाँश घरहरु भयानक युद्धपछिको भग्नाबशेष झैं थिए
यो गाउँ हिजो-अस्ति आँखा चिम्म गर्दा देखिने गाउँजस्तो त छँदै थिएन
कहाँ पुगेछु म?
न घर मेरोजस्तो छ, न पाखापखेरा, न पाटी कटेरा,
न बाटो, न घाटो, न खोलानाला, न स्कूल पाठशाला,
न खेतवारी, न पोखरी चौतारी, न आफन्त दौंतरी
हे भगवान् लाग्थ्यो त्यो त मेरो गाउँ नै हैन ।
म अब के सँझेर फर्किने होला अर्का पाली भनेर रन्थनिएँ
स्कूलबाट फर्केजस्ता लाग्ने एक हुल केटाकेटी
हातमा मोवाईल समाएर मेरो नजिक आए,
उनीहरुसँग मोजाको भकुन्डो थिएन, कवड्डी, डन्डिविँयो,
भालेजुधाई त खेल्दै खेलेजस्ता देखिएनन्,
उनीहरुको टिफिनमा नुडल्स थियो, कोकाकोला थियो
मकै, भटमास, कोदोको रोटी खाएजस्ता त फिटिक्कै थिएनन्
झोलामा ए फर एप्पल ले थिचिएर कपुरी क रोइरहेको थियो ।
उनीहरुले बफेलोलाई छि भने, पप्पीलाई किस गरे ।
उनीहरुको अनुहार कताकता मलाई मेरा दौंतरीहरु सँग मिलेजस्तो लाग्यो,
उनीहरुले त मलाई चिनेनन्
केही दौडिएर गए र आफ्नी आमाहरुलाई लिएर आए,
मैले आमाहरुलाई यो मेरो घर हो भनें,
उनीहरुले रोएको म र भत्किएको मेरो घरको टिकटक बनाएर गए
अचम्म भयो,
यत्रो वर्षपछि म गाउँमा जाँदा पनि कसैलाई मैले शीर निहुराउन परेन
कसैले मलाई शीरमा हात राखेर आशिर्वाद दिएन
मैले कसैलाइ नमस्ते गरिनँ ।
रिंगटा लाग्यो
मक्किएको घरको भत्किएको आगनको पूर्वपट्टि
तुलसीको मोठमा टाउको ठोकिने गरी म लडें र रक्ताम्य भएँ
एैया भनेर कराएँ
पीडाले विउँझिएँ, पसिनाले निथ्रुक्क भिजेको थिएँ
पानी खोज्दा फेरि ठेस लाग्यो आउच भनें
सँगै सुतेकी श्रीमती विउँझिइन्, के भयो भनिन्
के भयो भयो ?
सपना कुन हो? विपना कुन हो? अलमल्ल छु ।
——— — ———

Comments
Post a Comment