Skip to main content

शिक्षा क्षेत्रको पुनर्संरचनावारे

एउटा शनिवारको साँझ सिड्नीको एउटा विश्वविद्यालयले कुनै स्टार होटेलमा आफ्नारिसेन्ट ग्य्राजुएटहरूलाई एक समारोहका बीच पुरस्कृत गर्दै थियो एउटा भद्र, शालीन सौम्य वातावरणमा विभिन्न देसका युवायुवतीहरू वाईनको चुस्कीसँगै आफ्नाइन्ट्रेस्टका विषयमा गफिँदै थिए कतिखेर लाग्थ्योयिनको छलफलको निचोड विभिन्न वातावरणका जडिबुटिहरू मिसाएर बनेको एउटा कालजयी औषधीजस्तै हुनेछ

कतिखेर लाग्थ्योखुसी हुनु हाँस्नुको असली मजा यसरी आउदो रहेछ तर तिनको हाँसो कत्ति पनि मादक उत्ताउलो लाग्दैनथ्यो बरु लाग्थ्यो–  वर्तमानलाई वास्तवमै बहुरंगी भविष्यको दिशामा अगाडि डोराउन सक्ने जोश, जाँगर सामथ्र्य राख्नसक्छ यो साँझ विश्वविद्यालयका कर्मचारिहरू, प्रोफेसर भर्खर डिग्री सकेका विद्यार्थीहरूको यो जमघट थियो पछिल्लो समय विशेष गरी नेपाली, इन्डिएन, ब्राजिलियन, केही युरोपिएन चाईनिज विद्यार्थीहरूको गन्तव्य बनेको सिड्नीकोभिक्टोरिया युनिभर्सिटिको ग्य्राजुएसन पार्टिको
केही समयपछि कार्यक्रम सुरु भयो क्रमशः विश्वविद्यालयका विभिन्न फ्याकल्टीबाट उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने क्रम सुरु भयो अचम्म ! पुरस्कृत हुने अधिकाँश विद्यार्थी नेपाली रहे जसले आफ्ना विषयहरूमा हाई डिस्टिङ्सन् वा डिस्टिङ्सन् प्राप्त गरेका थिए विश्वका नेपालभन्दा अतिविकसित देसका विद्यार्थीहरूलाई पछि पार्दै तिनले गर्वका साथ आफ्नो अवार्ड उचालेका थिए मैले एकएक नियालेर हेरें तिनका अनुहारमा अलिकति अस्पटता, अलिकति भविष्यप्रतिको चिन्ता सँगसँगै तिनले आफू हुनुको गौरव व्यक्त गरिरहेका थिए प्रफुल्ल मुद्रामा तिनका हातमा पुरस्कार प्रमाणपत्र मात्रै थिएन, सँगसँगै तिनले दिएका कला, सिप आत्मविश्वास अन्तर्निहित थियो अव के गर्ने?’ सटिक प्रश्नको सटिक उत्तर आयो अकाउन्टेन्ट बन्ने, प्रोगामर बन्ने, विजनेस एनालिष्ट बन्ने, डेभलपर बन्ने आदी इत्यादी  

आजभन्दा वर्षअघि त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट अंग्रेजी विषयमा मास्टर्स डिग्रीको प्रमाणपत्र हात पर्दा यही प्रश्न मैले आफैलाई सोधेको थिएँ मेरो सटिक उत्तर थियो– ‘अव विदेश जाने यो सटिक उत्तर त्यति सजिलै भने आएको थिएन विभिन्न संकायबाट मसँगै डिग्री हासिल गरेका साथिहरूलाई त्यही प्रश्न सोधेपछि पाएका लामा लामा उत्तरहरूबाट निस्केको निष्कर्ष थियो त्यो सँगै डिग्री हासिल गरेको साथिलाई सोधेको थिएँउसले भन्योपाए कुनै क्याम्पस वा प्लस टू पढाउने होला त्यो प्रश्न विज्ञान विषय लिएर उत्तिर्ण साथिलाई सोधें विज्ञान शिक्षकमा पुगेर कुराको अन्त्य भयो शिक्षा, कमर्स, अर्थशाष्त्र, समाजशाष्त्र सबैका सबै संकायबाट निस्कनेहरूको कुनै ठोस उत्तर थिएन खै, पाए कतै पढाउने होलाउत्तर यही आउँथ्यो सबै मुखहरूबाट देसको सबैभन्दा ठूलो सरकारि गरिमामय शैक्षिक संस्थाले प्रत्येक वर्ष यस्तै अन्धकार अस्पष्ट भविष्य थमाएर विद्यार्थी विदा गरेकै कारण सायद समग्र राष्ट्रवारेकोअव के होलाप्रश्नको उत्तर पनिखै के हुन्छ?’ मा गएर टुङ्गिन्छ प्रायः गरी
क्याम्पस पढ्न जानु, क्लास उक्लँदै जानुलाई मात्रै शिक्षा भन्ने परिपाटि रहँदासम्म देस विकास असंभव हुँदो रहेछ सायद कुनै तह पार गरिसकेपछि लागानी गरेको समय, श्रम पैसाबाट मैले के सिप हासिल गरें अथवा विद्यार्थीलाई के सिप दिन सकियो भन्ने कुराको मूल्याङ्कन नगरी तय गरिएका पाठ्यक्रमहरूबाट हुने उपलव्धी यति नै हो तह हेरेर विद्यार्थीलाई यत्तिको अप्ठ्यारो पार्नुपर्छ भनेर निर्धारण गरिएका पाठ्यक्रम छन् हामीसँग अधिकाँश विद्यार्थी एसएलसि पछि कि आर्टस् वा कि एजुकेशन संकायमा भर्ना हुन्छन् तिनलाई हेक्का हुँदैन ति वर्षपछि कुनै कविताको सारांश लेख्न नजानेर फेल हुनेछन् त्यतिबेला पनि प्रश्न गर्ने छैनन् कसैले कुनै समय कोरेको लन्ठू कविताको सारांश लेख्न नजानेर किन फेल हुने? वास्तवमै एसएलसि पछि क्याम्पस जाने भनेर गरिएका मानविकि वा शिक्षा संकायका भर्नामध्ये कतिलाईइन्ट्रेस्टहुँदो होला ति विषयमा?

किन यति विधि भिन्नता एउटैनेपालीपरिचय वोक्ने, एउटै वातावरणमा हुर्केवढेका विद्यार्थीहरूमा ? के हाम्रो नेपालको विश्वविद्यालय अष्ट्रेलियाको विश्वविद्यायलबीच तुलना गर्न मिल्छ? केही अवश्य पनि फरक होला काठमाण्डौंको त्रिभुवन विश्वविद्यालय सिड्नीको भिक्टोरिया युनिभर्सिटिबीच ? उसोभए के होला त्यो फरक? अष्ट्रेलियामा विद्यार्थीले धेरै मिहिनेत गर्छन् होला गलत शिक्षकहरूसँग अभूतपूर्व सिकाउने क्षमता हुन्छ होला गलत विश्वविद्यालयहरू असाध्यै सुविधासम्पन्न विद्यार्थीलाई आकर्षित गर्ने खालका हुन्छन् होला त्यो पनि गलत

नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीहरू हप्ताको ४० घन्टा क्लास अनि त्यसमाथि ट्युसन धाईरहन्छन् विदेशमा फूलटाईम विद्यार्थीको मापदण्ड हप्ताको २० घन्टा क्लास जानु हो त्यसपछिको समयमा ति जीविकोपार्जनका लागि काम गर्छन् चाहे ति स्वदेसी हुन् या विदेसी कीर्तिपुरको विश्वविद्यालय क्याम्पस नेरघेर परिक्षाको समयमा जाने हो भने दारी पनि फाल्न विर्सिएर ठूलाठूला सिद्धान्तका ठेलीहरूसँग लडिलडी दिमागी सन्तुलन गुमाउलान् कि भन्ने जस्ता अनुहार थुप्रै देखिन्छन् कतिपयले रिजल्ट पछि गुमाउँछन् पनि आखिर किन? के छन् ति ठेलीहरूमा जो दिमागले सन्तुलन गुमाउन पर्ने गरी जान्नु पर्ने ? जवर्जस्ती त्यो जानेपछि के जानिन्छ?

विदेसमा कपी जाँच्नेहरूलेमेरो थर्ड डिभिजन , यो नाथेले कसरी सेकेन्ड ल्याउन सक्छभनेर पाखण्ड देखाउँदैनन् हप्ताको २० घन्टा क्लास गएपछि, १० घन्टा लेक्चर हुन्छ, अर्को करिव १० घन्टा ट्यूटोरियल क्लास हुन्छ जहाँ विद्यार्थीहरू शैद्धान्तिक कुराहरूलाई व्यवहारमा ल्याउने वारे छलफल गर्छन् यही समयमा तिनले समुहमै आफ्नो होमवर्क पनि लगभग सक्छन् जुन तिनको फाईनल मार्कको ५० प्रतिशत हो जसले गर्दा तिनलाई क्याम्पसभन्दा बाहिर पढाईको उच्च भार हुँदैन सवैजसोले आफै काम गर्छन्, बावुआमामा भर गर्दैनन् राम्रो अंक लिएर पास हुन्छन् हामी नेपालमा बाबाआमाले पढाईको, खानवस्नको सम्पूर्ण खर्च व्यहोर्दा पनि किन फेल हुन्छौं ? सोच्न साह्रै ढिला भैसकेको

माटो सुहाउँदो दक्ष जनशक्तिको उत्पादन अभाव नै देस गरिव हुनुको मुख्य कारण हो मलाई हाँसो उठ्छ नेपालका दक्ष जनशक्ति विदेसिए भनेको सुन्दा दक्ष भनेको के हो? विश्वविद्यालयले दिएको सिपहीन खोस्टाहरू वा सिपालु हातहरू? रातदिन तर्क कुतर्क गरेर विभिन्न वाद तिनका पक्ष प्रतिपक्षमा डिङ् हाँक्नु हो दक्षता ? कि देसलाई आवश्यक परेका खेतिपाति कसरी गर्ने? टेवल कुर्सी कसरी बनाउने? सिमेन्ट कसरी लगाउने? वाटो कसरी पिच गर्ने? विजुली कसरी उत्पादन तथा वितरण गर्ने जस्ता कुरा सिक्नु हो दक्षता ? खै त्यतातिर डोराउने सर्वसुलभ शिक्षाप्रणाली ? जुगौंजुग एउटै चक्रमा घुमेर फरक प्रतिफलको अपेक्षा गर्ने हामी कति अज्ञानी हौं ? विदेसीहरु हाम्रो शिक्षा प्रणालीलाईस्क्वाय पेग इन राउण्ड होलभन्दा रहेछन् ! कतिवेला लाग्छ हाम्रा नेताहरुको लागि सान्दर्भिक दक्ष जनशक्ति उत्पादन भनेकै वेरोजगार युवा पो हुन् कि किनकी उनीहरुको सन्दर्भ जहिल्यै आन्दोलन शक्ति प्रदर्शनमा युवाहरुको प्रयोग हो

जनशक्ति उत्पादन राज्यको आवश्यकता हेरेर राज्यले खपत गर्न सक्ने क्षेत्रमा भयो भने अवसरको खोजीमा विदेसीनु पर्दैन सबै डाक्टर, इन्जिनियर, पाईलट हुनु पर्दैन विकसित देसहरुमा क्याम्पसका संकायहरुमा राज्यको आवश्यकतालाई हेरेर सोही विषयमा भर्नालाई प्राथमिकता दिईन्छ विदेसी विद्यार्थीहरुलाई नागरिकता पनि सोही आवश्यकताको आधारमा दिईन्छ डाक्टर, इञ्जिनियरहरुले पनि डिमाण्ड लिस्टमा नभए नागरिकता पाउँदैनन् जसले गर्दा विभिन्न क्षेत्रहरुमा भएको जनशक्तिको अभाव राम्ररि परिपूर्ति हुन्छ भने शिक्षीत वेरोजगार थपिन पाउँदैनन्  

प्रायः नेपाली युवाले विदेस जानुपूर्व त्यहाँ पुगेपछि गरीखानेमसँग के दक्षता ?’ भनेर आफूसँग एकपटक प्रश्न गरे भने एकपटक फेरि आफैसँग लज्जित हुनु पर्नेछ विना कुनै सिप अर्काको देस पसेपछि के काम पाईन्छथ्री डिबाहेक? कस्तो परिचय वन्छ समग्र समुदायको ?

अझ बैरागलाग्दो के हामीकहाँ भने प्रमाणपत्र तहमाराजनीतिशाष्त्र भनेको के हो?’ भन्ने प्रश्नको सही उत्तर दिएर व्याचलर्स अनि पुगेको विद्यार्थी व्याचलर्स मा फेरि त्यही प्रश्नको उत्तर दिँदा फेल हुन्छ राजनीतिशाष्त्र भनेकोप्रमाणपत्र, व्याचलर्स अनि मास्टर्सका विद्यार्थीलाई फरक फरक हुन्छ? एउटै कुरा प्रत्येक तहमा रटान लगाएर किन समय, श्रम पैसाको वर्वाद गरिएको होला? विदेसमा व्याचलर्स कोर्ष वर्षको अथवा २४ ओटा युनिटको हुन्छ तर हाईस्कूलपछि वर्ष सम्वन्धित एडभान्स्ड कोर्स गरेको विद्याथीले अघिल्लो तहमै व्याचलर्सका १२ युनिट पढिसकेको हुने हुनाले ति युनिटहरू क्रेडिट पाउँछन्, पढ्नु पर्दैन बाँकी १२ ओटा युनिट देखि डेढ वर्षमा सकिन्छ मास्टर्स पनि त्यस्तै हो अध्ययन अवधिलाई वर्षहरुमा विभक्त गर्नुभन्दा विदेशमा झैं महिनाको सेमेस्टर प्रणाली वनाउन सके विद्यार्थीलाई विषय लाग्दा अर्को साल कुरिरहनु पर्दैन एकै पटकमा सबै विषयहरु वारे जान्नु पर्ने नहुँदाखेरि विद्यार्थीको सिकाई प्रकृया सजिलो ज्ञान अव्वल हुन सक्छ

यि कुनै नयाँ विचारहरु होईनन् बस् अरुले के गरिरहेका छन् भनेर हेर्दा देखिएको एउटा झलक मात्रै हो यसरि हेर्दा पनि धेरै गर्न सकिने गर्नै पर्ने परिवर्तनहरु छन् जुन अहिलेकै हाम्रा जनशक्ति संरचनाहरुले सहजै थेग्न सक्छन् केही परिवर्तनहरुको लागि केहि समय अवश्य पनि लाग्न सक्छ हाम्रा राजनीतिज्ञहरुले रातदिन भजाउने पुनर्संरचना भन्ने शव्दको कुनै दिन व्यवहारमा ल्याउने समय आईहालेछ भने शिक्षा क्षेत्रका एति कमजोरिहरु सुधारेर जान पाए कस्तो हुँदोहो? 

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...