शिक्षा क्षेत्रको पुनर्संरचनावारे
एउटा शनिवारको साँझ सिड्नीको एउटा विश्वविद्यालयले कुनै स्टार होटेलमा आफ्ना ‘रिसेन्ट ग्य्राजुएट’हरूलाई एक समारोहका बीच पुरस्कृत गर्दै थियो । एउटा भद्र, शालीन र सौम्य वातावरणमा विभिन्न देसका युवायुवतीहरू वाईनको चुस्कीसँगै आ–आफ्ना ‘इन्ट्रेस्ट’का विषयमा गफिँदै थिए । कतिखेर लाग्थ्यो– यिनको छलफलको निचोड विभिन्न वातावरणका जडिबुटिहरू मिसाएर बनेको एउटा कालजयी औषधीजस्तै हुनेछ ।
कतिखेर लाग्थ्यो– खुसी हुनु र हाँस्नुको असली मजा यसरी आउदो रहेछ । तर तिनको हाँसो कत्ति पनि मादक र उत्ताउलो लाग्दैनथ्यो । बरु लाग्थ्यो– वर्तमानलाई वास्तवमै बहुरंगी भविष्यको दिशामा अगाडि डोराउन सक्ने जोश, जाँगर र सामथ्र्य राख्नसक्छ यो साँझ । विश्वविद्यालयका कर्मचारिहरू, प्रोफेसर र भर्खर डिग्री सकेका विद्यार्थीहरूको यो जमघट थियो पछिल्लो समय विशेष गरी नेपाली, इन्डिएन, ब्राजिलियन, केही युरोपिएन र चाईनिज विद्यार्थीहरूको गन्तव्य बनेको सिड्नीको ‘भिक्टोरिया युनिभर्सिटि’को ग्य्राजुएसन पार्टिको ।

केही समयपछि कार्यक्रम सुरु भयो । क्रमशः विश्वविद्यालयका विभिन्न फ्याकल्टीबाट उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने क्रम सुरु भयो । अचम्म ! पुरस्कृत हुने अधिकाँश विद्यार्थी नेपाली रहे जसले आ–आफ्ना विषयहरूमा हाई डिस्टिङ्सन् वा डिस्टिङ्सन् प्राप्त गरेका थिए । विश्वका नेपालभन्दा अतिविकसित देसका विद्यार्थीहरूलाई पछि पार्दै तिनले गर्वका साथ आफ्नो अवार्ड उचालेका थिए । मैले एकएक नियालेर हेरें तिनका अनुहारमा । अलिकति अस्पटता, अलिकति भविष्यप्रतिको चिन्ता सँगसँगै तिनले आफू हुनुको गौरव व्यक्त गरिरहेका थिए प्रफुल्ल मुद्रामा । तिनका हातमा पुरस्कार र प्रमाणपत्र मात्रै थिएन, सँगसँगै तिनले दिएका कला, सिप र आत्मविश्वास अन्तर्निहित थियो र त ‘अव के गर्ने?’ सटिक प्रश्नको सटिक उत्तर आयो । म अकाउन्टेन्ट बन्ने, म प्रोगामर बन्ने, म विजनेस एनालिष्ट बन्ने, म डेभलपर बन्ने आदी इत्यादी ।
आजभन्दा ५ वर्षअघि त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट अंग्रेजी विषयमा मास्टर्स डिग्रीको प्रमाणपत्र हात पर्दा यही प्रश्न मैले आफैलाई सोधेको थिएँ । मेरो सटिक उत्तर थियो– ‘अव विदेश जाने ।’ यो सटिक उत्तर त्यति सजिलै भने आएको थिएन । विभिन्न संकायबाट मसँगै डिग्री हासिल गरेका साथिहरूलाई त्यही प्रश्न सोधेपछि पाएका लामा न लामा उत्तरहरूबाट निस्केको निष्कर्ष थियो त्यो । सँगै डिग्री हासिल गरेको साथिलाई सोधेको थिएँ– उसले भन्यो ‘पाए कुनै क्याम्पस वा प्लस टू पढाउने होला ।’ त्यो प्रश्न विज्ञान विषय लिएर उत्तिर्ण साथिलाई सोधें । विज्ञान शिक्षकमा पुगेर कुराको अन्त्य भयो । शिक्षा, कमर्स, अर्थशाष्त्र, समाजशाष्त्र सबैका सबै संकायबाट निस्कनेहरूको कुनै ठोस उत्तर थिएन । ‘खै, पाए कतै पढाउने होला’ उत्तर यही आउँथ्यो सबै मुखहरूबाट । देसको सबैभन्दा ठूलो सरकारि गरिमामय शैक्षिक संस्थाले प्रत्येक वर्ष यस्तै अन्धकार र अस्पष्ट भविष्य थमाएर विद्यार्थी विदा गरेकै कारण सायद समग्र राष्ट्रवारेको ‘अव के होला’ प्रश्नको उत्तर पनि ‘खै के हुन्छ?’ मा गएर टुङ्गिन्छ प्रायः गरी ।

क्याम्पस पढ्न जानु, क्लास उक्लँदै जानुलाई मात्रै शिक्षा भन्ने परिपाटि रहँदासम्म देस विकास असंभव हुँदो रहेछ सायद । कुनै तह पार गरिसकेपछि लागानी गरेको समय, श्रम र पैसाबाट मैले के सिप हासिल गरें अथवा विद्यार्थीलाई के सिप दिन सकियो भन्ने कुराको मूल्याङ्कन नगरी तय गरिएका पाठ्यक्रमहरूबाट हुने उपलव्धी यति नै हो । तह हेरेर विद्यार्थीलाई यत्तिको अप्ठ्यारो पार्नुपर्छ भनेर निर्धारण गरिएका पाठ्यक्रम छन् हामीसँग । अधिकाँश विद्यार्थी एसएलसि पछि कि त आर्टस् वा कि एजुकेशन संकायमा भर्ना हुन्छन् । तिनलाई हेक्का हुँदैन ति २ वर्षपछि कुनै कविताको सारांश लेख्न नजानेर फेल हुनेछन् । र त्यतिबेला पनि प्रश्न गर्ने छैनन् कसैले कुनै समय कोरेको लन्ठू कविताको सारांश लेख्न नजानेर म किन फेल हुने? वास्तवमै एसएलसि पछि क्याम्पस जाने भनेर गरिएका मानविकि वा शिक्षा संकायका भर्नामध्ये कतिलाई ‘इन्ट्रेस्ट’ हुँदो होला ति विषयमा?
किन यति विधि भिन्नता त एउटै ‘नेपाली’ परिचय वोक्ने, एउटै वातावरणमा हुर्केवढेका विद्यार्थीहरूमा ? के हाम्रो नेपालको विश्वविद्यालय र अष्ट्रेलियाको विश्वविद्यायलबीच तुलना गर्न मिल्छ? केही त अवश्य पनि फरक छ होला काठमाण्डौंको त्रिभुवन विश्वविद्यालय र सिड्नीको भिक्टोरिया युनिभर्सिटिबीच ? उसोभए के होला त त्यो फरक? अष्ट्रेलियामा विद्यार्थीले धेरै मिहिनेत गर्छन् होला । गलत । शिक्षकहरूसँग अभूतपूर्व सिकाउने क्षमता हुन्छ होला । गलत । विश्वविद्यालयहरू असाध्यै सुविधासम्पन्न र विद्यार्थीलाई आकर्षित गर्ने खालका हुन्छन् होला । त्यो पनि गलत ।
नेपालका विश्वविद्यालयहरूमा विद्यार्थीहरू हप्ताको ४० घन्टा क्लास अनि त्यसमाथि ट्युसन धाईरहन्छन् । विदेशमा फूलटाईम विद्यार्थीको मापदण्ड हप्ताको २० घन्टा क्लास जानु हो । त्यसपछिको समयमा ति जीविकोपार्जनका लागि काम गर्छन् चाहे ति स्वदेसी हुन् या विदेसी । कीर्तिपुरको विश्वविद्यालय क्याम्पस नेरघेर परिक्षाको समयमा जाने हो भने दारी पनि फाल्न विर्सिएर ठूलाठूला सिद्धान्तका ठेलीहरूसँग लडिलडी दिमागी सन्तुलन गुमाउलान् कि भन्ने जस्ता अनुहार थुप्रै देखिन्छन् । कतिपयले रिजल्ट पछि गुमाउँछन् पनि । आखिर किन? के छन् ति ठेलीहरूमा जो दिमागले सन्तुलन गुमाउन पर्ने गरी जान्नु पर्ने छ ? जवर्जस्ती त्यो जानेपछि के जानिन्छ?
विदेसमा कपी जाँच्नेहरूले ‘मेरो त थर्ड डिभिजन छ, यो नाथेले कसरी सेकेन्ड ल्याउन सक्छ’ भनेर पाखण्ड देखाउँदैनन् । हप्ताको २० घन्टा क्लास गएपछि, १० घन्टा लेक्चर हुन्छ, अर्को करिव १० घन्टा ट्यूटोरियल क्लास हुन्छ । जहाँ विद्यार्थीहरू शैद्धान्तिक कुराहरूलाई व्यवहारमा ल्याउने वारे छलफल गर्छन् । यही समयमा तिनले समुहमै आफ्नो होमवर्क पनि लगभग सक्छन् जुन तिनको फाईनल मार्कको ५० प्रतिशत हो । जसले गर्दा तिनलाई क्याम्पसभन्दा बाहिर पढाईको उच्च भार हुँदैन । सवैजसोले आफै काम गर्छन्, बावुआमामा भर गर्दैनन् । र राम्रो अंक लिएर पास हुन्छन् । हामी नेपालमा बाबाआमाले पढाईको, खानवस्नको सम्पूर्ण खर्च व्यहोर्दा पनि किन फेल हुन्छौं ? सोच्न साह्रै ढिला भैसकेको छ ।

माटो सुहाउँदो दक्ष जनशक्तिको उत्पादन अभाव नै देस गरिव हुनुको मुख्य कारण हो । मलाई हाँसो उठ्छ नेपालका दक्ष जनशक्ति विदेसिए भनेको सुन्दा । दक्ष भनेको के हो? विश्वविद्यालयले दिएको सिपहीन खोस्टाहरू वा सिपालु हातहरू? रातदिन तर्क कुतर्क गरेर विभिन्न वाद र तिनका पक्ष र प्रतिपक्षमा डिङ् हाँक्नु हो दक्षता ? कि देसलाई आवश्यक परेका खेतिपाति कसरी गर्ने? टेवल कुर्सी कसरी बनाउने? सिमेन्ट कसरी लगाउने? वाटो कसरी पिच गर्ने? विजुली कसरी उत्पादन तथा वितरण गर्ने जस्ता कुरा सिक्नु हो दक्षता ? खै त्यतातिर डोराउने सर्वसुलभ शिक्षाप्रणाली ? जुगौंजुग एउटै चक्रमा घुमेर फरक प्रतिफलको अपेक्षा गर्ने हामी कति अज्ञानी हौं ? विदेसीहरु हाम्रो शिक्षा प्रणालीलाई ‘स्क्वाय पेग इन अ राउण्ड होल’ भन्दा रहेछन् ! कतिवेला त लाग्छ हाम्रा नेताहरुको लागि सान्दर्भिक दक्ष जनशक्ति उत्पादन भनेकै वेरोजगार युवा पो हुन् कि किनकी उनीहरुको सन्दर्भ जहिल्यै आन्दोलन र शक्ति प्रदर्शनमा युवाहरुको प्रयोग न हो ।
जनशक्ति उत्पादन राज्यको आवश्यकता हेरेर राज्यले खपत गर्न सक्ने क्षेत्रमा भयो भने अवसरको खोजीमा विदेसीनु पर्दैन । सबै डाक्टर, इन्जिनियर, पाईलट हुनु पर्दैन । विकसित देसहरुमा क्याम्पसका संकायहरुमा राज्यको आवश्यकतालाई हेरेर सोही विषयमा भर्नालाई प्राथमिकता दिईन्छ । विदेसी विद्यार्थीहरुलाई नागरिकता पनि सोही आवश्यकताको आधारमा दिईन्छ । डाक्टर, इञ्जिनियरहरुले पनि डिमाण्ड लिस्टमा नभए नागरिकता पाउँदैनन् । जसले गर्दा विभिन्न क्षेत्रहरुमा भएको जनशक्तिको अभाव राम्ररि परिपूर्ति हुन्छ भने शिक्षीत वेरोजगार थपिन पाउँदैनन् ।
प्रायः नेपाली युवाले विदेस जानुपूर्व त्यहाँ पुगेपछि गरीखाने ‘मसँग के दक्षता छ?’ भनेर आफूसँग एकपटक प्रश्न गरे भने एकपटक फेरि आफैसँग लज्जित हुनु पर्नेछ । विना कुनै सिप अर्काको देस पसेपछि के काम पाईन्छ ‘थ्री डि’ बाहेक? कस्तो परिचय वन्छ समग्र समुदायको ?
अझ बैरागलाग्दो त के छ हामीकहाँ भने प्रमाणपत्र तहमा ‘राजनीतिशाष्त्र भनेको के हो?’ भन्ने प्रश्नको सही उत्तर दिएर व्याचलर्स अनि पुगेको विद्यार्थी व्याचलर्स मा फेरि त्यही प्रश्नको उत्तर दिँदा फेल हुन्छ । ‘राजनीतिशाष्त्र भनेको’ प्रमाणपत्र, व्याचलर्स अनि मास्टर्सका विद्यार्थीलाई फरक फरक हुन्छ? एउटै कुरा प्रत्येक तहमा रटान लगाएर किन समय, श्रम र पैसाको वर्वाद गरिएको होला? विदेसमा व्याचलर्स कोर्ष ३ वर्षको अथवा २४ ओटा युनिटको हुन्छ । तर हाईस्कूलपछि २ वर्ष सम्वन्धित एडभान्स्ड कोर्स गरेको विद्याथीले अघिल्लो तहमै व्याचलर्सका १२ युनिट पढिसकेको हुने हुनाले ति युनिटहरू क्रेडिट पाउँछन्, पढ्नु पर्दैन । बाँकी १२ ओटा युनिट १ देखि डेढ वर्षमा सकिन्छ । मास्टर्स पनि त्यस्तै हो । अध्ययन अवधिलाई वर्षहरुमा विभक्त गर्नुभन्दा विदेशमा झैं ४ महिनाको १ सेमेस्टर प्रणाली वनाउन सके विद्यार्थीलाई विषय लाग्दा अर्को साल कुरिरहनु पर्दैन । एकै पटकमा सबै विषयहरु वारे जान्नु पर्ने नहुँदाखेरि विद्यार्थीको सिकाई प्रकृया सजिलो र ज्ञान अव्वल हुन सक्छ ।
यि कुनै नयाँ विचारहरु होईनन् । बस् अरुले के गरिरहेका छन् भनेर हेर्दा देखिएको एउटा झलक मात्रै हो । यसरि हेर्दा पनि धेरै गर्न सकिने र गर्नै पर्ने परिवर्तनहरु छन् जुन अहिलेकै हाम्रा जनशक्ति र संरचनाहरुले सहजै थेग्न सक्छन् । केही परिवर्तनहरुको लागि केहि समय अवश्य पनि लाग्न सक्छ । हाम्रा राजनीतिज्ञहरुले रातदिन भजाउने पुनर्संरचना भन्ने शव्दको कुनै दिन व्यवहारमा ल्याउने समय आईहालेछ भने शिक्षा क्षेत्रका एति कमजोरिहरु सुधारेर जान पाए कस्तो हुँदोहो?

Comments
Post a Comment