Skip to main content

लालवावु पण्डितको अभिव्यक्तिवारे

राष्ट्रियता, स्वाभिमान, सीमाजस्ता विषयवस्तुहरु उठान हुनासाथ हामी नेपालीहरुको आँखामा कि त आँसु हुन्छ, कि त क्रोध । यी दुवै समस्या समाधानको उपाए होईनन् । पश्चिमा समाज फेरि एति यान्त्रिक लाग्छ कि लाग्छ मानिसहरुको मुटुकलेजा घरै राखेर बाहिर निस्कन्छन् । यो अतिभावनात्मकता र अतियान्त्रिकता बीचको कुनै बिन्दु भेटाउन सक्ने हो भने बल्ल त्यही व्यवहारिक रामराज्य हुनसक्थ्यो होेला । देसमा कुनै अव्यवस्था भयो भने विदेसमा एस्तो हुन्छ भनेर उदाहरण दिनु हाम्रो परम्परा भएको छ । तर विकृति त जता पनि छन् ।

हामी एतिखेर कस्तो समाजको निर्माण गर्ने भन्ने वहसका बीचमा छौं । संविधान निर्माण प्रकृयामा पनि यि दुई प्रकारका स्वभाव र हठ प्रष्टरुपमा देखिएका छन् । संविधान यन्त्रवत र भावनापरस्त दुवै हुनु हुँदैन । हाम्रा सभासद तथा नीतिनिर्माताहरुको सुझवुझ, तिनको कुनै विषयवस्तुमाथिको ज्ञान, तिनको स्वभाव र हठले यो प्रकृयामा प्रत्यक्ष प्रभाव पार्दछ ।

अहिले खुवै चर्चामा छ सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डितको अभिव्यक्ति । उनीमा देखिएको देशभक्तिको भावना, कामप्रतिको लगाव र विश्वास हाम्रा अरु नेताहरुमा सायदै होला र यसको प्रशंशा जति गरे पनि थोरै हुन्छ ।


General Administration Minister of Nepal Mr. Lalbabu Pandit (Photo: Internet)

नेपालले दोहोरो नागरिकताको व्यवस्था नगरिसकेको अवस्थामा देसको सरकारि कर्मचारि कुनै अर्को देशको नागरिक कसरि हुनसक्यो? यो त सरारर दण्डनीय अपराध भैहाल्यो । यस्तो संवेदशील र राष्ट्रियताजस्तो अपराधीलाई कुनै ऐन नियम संसोधनको आवश्यकताबिना नै तुरुन्त कारवाहि हुनुपर्छ । जो देसले प्रदान गरेको छात्रवृत्तिले विदेसमा पढेर उतै पलाएन भए तिनको कुनै नैतिक अधिकार हुँदैन स्वदेस पर्कने । तर कानुन जति व्यवहारपरक हुन आवश्यक छ त्यति नै भावनाको कदर गर्ने खालको पनि हुन आवश्यक छ । देशको मन्त्रिजस्तो पदमा पुगेको यत्तिको राष्ट्रप्रेमी र जिम्मेवार व्यक्तिले विविध परिस्थितिवस देस छोडेर हिँडेकाहरु सबैलाई अपराधीको दायरामा राख्नु मूर्खता हुनेछ ।

एनआरएनलाई दोहोरो नागरिकताको विषय एउटा छुट्टै वहसको विषय वन्न सक्छ । म विगत ५ वर्षदेखि विदेशमा भएको र चाहेमा नागरिकता पाउन सक्ने बाटोमा भए पनि एनआरएनले वर्षौंदेखि रटान लगाएको दोहोरो नागरिकताको विपक्षमा छु । दोहोरो नागरिकता पाउनु पर्छ भन्ने माग राष्ट्रियता र नागरिकताको व्यापारिकरणको पक्षमा गरिएको स्वार्थप्रेरित अलाप मात्रै हो ।

आमाको दुध आएन भनेर भनेर भैंसीलाई आमा बनाउने अनि अर्को साल आमाको छाती भरिलो देखेर म तिम्रै सन्तान हुँ मलाई अंश चाहिन्छ भन्ने कुरा कति सर्मनाक होला त्यो मैले भनिरहनु पर्दैन । अहिलेको अवस्थामा एनआरएन देश फिर्ने भनेको नाफा कमाउन मात्रै हो । तपसिलका कुराहरु नौटकी हुन् भनेर व्यवहारले पुष्टि गर्छ । नागरिकता पैसासँग साटीने जिनिस् पक्कै होईन ।

अन्य मुलुकमा के हुन्छ त्यो मैले जानाकारि राख्दिनँ तर अष्ट्रेलियाको हकमा यहाँको सरकारले सोझै नागरिकता कसैलाई पनि दिँदैन । पिआर लिएको केहि वर्षपछि यहाँको सरकारले तोकेअनुसार प्रकृया पुरा गरेमात्र कसैले नागरिकताको लागि आवेदन दिनसक्छ । यो पूर्णतया व्यक्तिको चाहनामा निर्भर गर्दछ किनकी पिआर भएपछि यो देसमा वसोवास गर्ने कुरामा कुनै किसिमको समस्या हुँदैन । वषौंसम्म पिआर लिएर वसे पनि आफ्नो देशको नागरिकता नत्यागेका कैयन् नेपालीहरु यहाँ छन् । पिआर र नागरिकबीचको फरक भनेको सरकारबाट प्राप्त हुने सेवा सुविधा नै हो ।

जसले अलिकति बढी सरकारि सेवा सुविधाको लागि अथवा भनौं पैसा या अन्य लाभको लागि आफ्नो देशको नागरिकता निर्ममतापूर्वक त्यागेका छन् तिनले फेरि नेपालको नागरिकता पनि पाउनु पर्छ भनेर भन्नु ईमानले त नदिनु पर्ने हो । वेईमानीको र अवसरवादीको कुरा बेग्लै भो । तिनले नैतिकरुपमा नेपाली नागरिकता फेरि पाउने हक गुमाएता पनि अष्ट्रेलियन नागरिकता लिनको लागि नेपाली नागरिकता त्याग गर्दै गर्दा पक्कै पनि एकपटक नाफाघाटाको, नेपालमा आफ्ना भविष्यवारे अन्य विकल्पहरुको हिसावकिताव त गरेका नै होलान् ।

यस्तो भनिरहँदा, देशलाई माया गर्दागर्दै, परिश्रम र पसिनाले आफ्नै माटो सिंचने रहर हुँदाहुँदै विदेश लाग्नु परेकाहरुको पीडाको वारेमा अर्को वहस हुन सक्ला तर यूरोप, अमेरिका, अष्ट्रेलियाको नागरिकता त्यागेर कोही नेपाल फर्कन्छ भनेर कम्तीमा मैले पत्याउँदिन । तर डिभी भर्दैमा, विदेश जाने कुनै प्रकृया अपनाउँदैमा त्यो मान्छे राष्ट्रघाती भन्नु, नागरिकता ऐन र भावना विपरित भयो भन्नु या त अतिराष्ट्रवादी लहड हो या त मनोवैज्ञानिक इश्र्या हो ।

अष्ट्रेलियाको सन्दर्भमा पिआर अथवा स्थायी वसोवास अुनमति भनेको र नागरिकता भनेको दुई भिन्न कुराहरु हुन् । यो विषयमा मन्त्रि पण्डितको अभिव्यक्ति आवेशपूर्ण छ । पिआर भनेको लगभग आउनजान गर्न मिल्ने भिषा जस्तैजस्तै हो । विद्यार्थीको हकमा उसले यहाँको शैक्षिक संस्थाबाट डिग्री हासिल गरेपछि आइईएलटिएसमा आवश्यक अंक ल्याउनासाथ पिआर पाउन सक्छ । पिआर होल्डर भनेका विदेसमा दक्षता हासिल गरेर भोली देस फर्कनसक्ने सम्भावना भएको जनशक्ति हुन् । किनकी पिआर लिनका लागि आफ्नो देशको नागरिकता त्याग्नु पर्दैन । नागरिकता लिन चाहे मात्रै आफ्नो देसको नागरिकता त्याग्नुपर्छ ।

पिआर लिएकै भरमा जन्मदेशको नागरिकता त्याग्नुपर्ने हो भने त्यो मानिस कुनै देशको पनि नागरिक रहँदैन । यो त सरासर अन्याय हुन्छ । पिआर लिएर पनि आफू नागरिक भएको देसमा बसेर नियम नमिचिकन काम गर्नुलाई अपराधको संज्ञा दिनु सर्वथा गलत् हो । पिआर लिएको छ, नागरिकता पनि लिन्छ भन्नु यसका दाँत पलाए, झारिदिनु पर्छ, नत्र भोली दाह्रा पनि पलाउँछ भनेजस्तै हो । ऐन कानूनमा अन्यायको व्यवस्था नहोस् भनेर सबैले सोच्न जरुरि छ ।

संसारका केही देसहरुमा केही वर्ष पहिले हाम्रोमा अहिलेजस्तै जनशक्ति विदेसिने समस्या रहेको र पछि देस फर्कने वातावरण बनेपछि फर्किएको श्रम र सीपले देश कायापलट गरिदिएको उदाहरणसहितका भाषण हाम्रै नेताहरुले कान फुट्ने गरी दिएको मैले धेरै पटक सुनेको छु । मन्त्रि पण्डितले भने झैं विदेश जान खुट्टा उचाले मात्रै पनि नागरिकताको मर्म भावनामा चोट पुग्ने र त्यो सँजाएको भागिदार हुन पर्नेजस्तो ईश्यामिश्रीत विभेदपूर्ण तर्कले ठाउँ पाउने हो भने हाम्रो विदेशिएको जनशक्ति कहिले पनि स्वदेसले सदुपयोग गर्न पाउला भनेर कल्पना पनि गर्न सकिँदैन । आफ्नो व्यक्तिगत बुझाई र लहडको भरमा कुनै जिम्मेवार पदमा आसिन व्यक्तिले यो देस तिम्रो होईन भनेर कसैको भावनामा ठेस पुराउँछ भने त्यो पनि सजायँको भागीदार हुनुपर्दछ ।

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

त्यसपछि मरांगे ठिटो कहिल्यै पछि फर्किएन...

म्याग्दी जिल्लाको दुर्गम गाउँ मराङमा दुनियाँकै सर्वशक्तिमान निर्देशकको एउटा 'रियालिस्टिक' नाटकको 'क्लाईमेक्स' मञ्चन हुदैछ । नाटकको केन्द्रीय भूमिका पाएको त्यही गाउँको एउटा १६ वर्षे अल्लारे युवक ब्रिटिस आर्मीको गल्लाले लिने सबै परिक्षा पास गरेर परदेश लाग्न खुट्टा उचालेको छ । 'वर्षदिन दुःख गरेर ६ महिना खान नपुग्ने' परिवारको ऊ महिनैपिच्छे लाखौं कमाउने आफ्नो लाहुरे सपना साकार हुन लागेको देखेर फुरुङ्ग छ । केहि समय पहिले भारतीय सेनामा झूठो बोल्न नजानेर फालिएको दिनको फ्लासव्याक सम्झेर मनमनै हाँस्दैछ ऊ । अब त अन्तिम पटक गाउँका साईली-माईलीसँग विदावारि हुनै कर लाग्यो । वनतिर एकभारी घाँस काट्न गए मनको यो तिर्सना पुराउन सकिने भो, गोठकी कोरलीको भोक पनि मेटिने भो । निर्देशकले उसलाई हठात् अराएको छ- भार थपेर हलुका हुने अभिनय । 'क्लाईमेक्स' न हो- लामो कसरि होस् - जव पुष महिनाको चिसो दिनमा पनि खुशीले उफ्रदै घर नजिकैको अर्लीभीर पुग्छ ऊ घाँस काट्न, अनि त शुरु भैहाल्छ भयावह 'फ़लिङ् एक्शन' । भीरमा घाँस काट्दै गर्दा अचानक उसको दुवै खुट्टाले सन्तुलन गुमाऊँछन्, समाएको फु...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...