Skip to main content

लालवावु पण्डितको अभिव्यक्तिवारे

राष्ट्रियता, स्वाभिमान, सीमाजस्ता विषयवस्तुहरु उठान हुनासाथ हामी नेपालीहरुको आँखामा कि त आँसु हुन्छ, कि त क्रोध । यी दुवै समस्या समाधानको उपाए होईनन् । पश्चिमा समाज फेरि एति यान्त्रिक लाग्छ कि लाग्छ मानिसहरुको मुटुकलेजा घरै राखेर बाहिर निस्कन्छन् । यो अतिभावनात्मकता र अतियान्त्रिकता बीचको कुनै बिन्दु भेटाउन सक्ने हो भने बल्ल त्यही व्यवहारिक रामराज्य हुनसक्थ्यो होेला । देसमा कुनै अव्यवस्था भयो भने विदेसमा एस्तो हुन्छ भनेर उदाहरण दिनु हाम्रो परम्परा भएको छ । तर विकृति त जता पनि छन् ।

हामी एतिखेर कस्तो समाजको निर्माण गर्ने भन्ने वहसका बीचमा छौं । संविधान निर्माण प्रकृयामा पनि यि दुई प्रकारका स्वभाव र हठ प्रष्टरुपमा देखिएका छन् । संविधान यन्त्रवत र भावनापरस्त दुवै हुनु हुँदैन । हाम्रा सभासद तथा नीतिनिर्माताहरुको सुझवुझ, तिनको कुनै विषयवस्तुमाथिको ज्ञान, तिनको स्वभाव र हठले यो प्रकृयामा प्रत्यक्ष प्रभाव पार्दछ ।

अहिले खुवै चर्चामा छ सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डितको अभिव्यक्ति । उनीमा देखिएको देशभक्तिको भावना, कामप्रतिको लगाव र विश्वास हाम्रा अरु नेताहरुमा सायदै होला र यसको प्रशंशा जति गरे पनि थोरै हुन्छ ।


General Administration Minister of Nepal Mr. Lalbabu Pandit (Photo: Internet)

नेपालले दोहोरो नागरिकताको व्यवस्था नगरिसकेको अवस्थामा देसको सरकारि कर्मचारि कुनै अर्को देशको नागरिक कसरि हुनसक्यो? यो त सरारर दण्डनीय अपराध भैहाल्यो । यस्तो संवेदशील र राष्ट्रियताजस्तो अपराधीलाई कुनै ऐन नियम संसोधनको आवश्यकताबिना नै तुरुन्त कारवाहि हुनुपर्छ । जो देसले प्रदान गरेको छात्रवृत्तिले विदेसमा पढेर उतै पलाएन भए तिनको कुनै नैतिक अधिकार हुँदैन स्वदेस पर्कने । तर कानुन जति व्यवहारपरक हुन आवश्यक छ त्यति नै भावनाको कदर गर्ने खालको पनि हुन आवश्यक छ । देशको मन्त्रिजस्तो पदमा पुगेको यत्तिको राष्ट्रप्रेमी र जिम्मेवार व्यक्तिले विविध परिस्थितिवस देस छोडेर हिँडेकाहरु सबैलाई अपराधीको दायरामा राख्नु मूर्खता हुनेछ ।

एनआरएनलाई दोहोरो नागरिकताको विषय एउटा छुट्टै वहसको विषय वन्न सक्छ । म विगत ५ वर्षदेखि विदेशमा भएको र चाहेमा नागरिकता पाउन सक्ने बाटोमा भए पनि एनआरएनले वर्षौंदेखि रटान लगाएको दोहोरो नागरिकताको विपक्षमा छु । दोहोरो नागरिकता पाउनु पर्छ भन्ने माग राष्ट्रियता र नागरिकताको व्यापारिकरणको पक्षमा गरिएको स्वार्थप्रेरित अलाप मात्रै हो ।

आमाको दुध आएन भनेर भनेर भैंसीलाई आमा बनाउने अनि अर्को साल आमाको छाती भरिलो देखेर म तिम्रै सन्तान हुँ मलाई अंश चाहिन्छ भन्ने कुरा कति सर्मनाक होला त्यो मैले भनिरहनु पर्दैन । अहिलेको अवस्थामा एनआरएन देश फिर्ने भनेको नाफा कमाउन मात्रै हो । तपसिलका कुराहरु नौटकी हुन् भनेर व्यवहारले पुष्टि गर्छ । नागरिकता पैसासँग साटीने जिनिस् पक्कै होईन ।

अन्य मुलुकमा के हुन्छ त्यो मैले जानाकारि राख्दिनँ तर अष्ट्रेलियाको हकमा यहाँको सरकारले सोझै नागरिकता कसैलाई पनि दिँदैन । पिआर लिएको केहि वर्षपछि यहाँको सरकारले तोकेअनुसार प्रकृया पुरा गरेमात्र कसैले नागरिकताको लागि आवेदन दिनसक्छ । यो पूर्णतया व्यक्तिको चाहनामा निर्भर गर्दछ किनकी पिआर भएपछि यो देसमा वसोवास गर्ने कुरामा कुनै किसिमको समस्या हुँदैन । वषौंसम्म पिआर लिएर वसे पनि आफ्नो देशको नागरिकता नत्यागेका कैयन् नेपालीहरु यहाँ छन् । पिआर र नागरिकबीचको फरक भनेको सरकारबाट प्राप्त हुने सेवा सुविधा नै हो ।

जसले अलिकति बढी सरकारि सेवा सुविधाको लागि अथवा भनौं पैसा या अन्य लाभको लागि आफ्नो देशको नागरिकता निर्ममतापूर्वक त्यागेका छन् तिनले फेरि नेपालको नागरिकता पनि पाउनु पर्छ भनेर भन्नु ईमानले त नदिनु पर्ने हो । वेईमानीको र अवसरवादीको कुरा बेग्लै भो । तिनले नैतिकरुपमा नेपाली नागरिकता फेरि पाउने हक गुमाएता पनि अष्ट्रेलियन नागरिकता लिनको लागि नेपाली नागरिकता त्याग गर्दै गर्दा पक्कै पनि एकपटक नाफाघाटाको, नेपालमा आफ्ना भविष्यवारे अन्य विकल्पहरुको हिसावकिताव त गरेका नै होलान् ।

यस्तो भनिरहँदा, देशलाई माया गर्दागर्दै, परिश्रम र पसिनाले आफ्नै माटो सिंचने रहर हुँदाहुँदै विदेश लाग्नु परेकाहरुको पीडाको वारेमा अर्को वहस हुन सक्ला तर यूरोप, अमेरिका, अष्ट्रेलियाको नागरिकता त्यागेर कोही नेपाल फर्कन्छ भनेर कम्तीमा मैले पत्याउँदिन । तर डिभी भर्दैमा, विदेश जाने कुनै प्रकृया अपनाउँदैमा त्यो मान्छे राष्ट्रघाती भन्नु, नागरिकता ऐन र भावना विपरित भयो भन्नु या त अतिराष्ट्रवादी लहड हो या त मनोवैज्ञानिक इश्र्या हो ।

अष्ट्रेलियाको सन्दर्भमा पिआर अथवा स्थायी वसोवास अुनमति भनेको र नागरिकता भनेको दुई भिन्न कुराहरु हुन् । यो विषयमा मन्त्रि पण्डितको अभिव्यक्ति आवेशपूर्ण छ । पिआर भनेको लगभग आउनजान गर्न मिल्ने भिषा जस्तैजस्तै हो । विद्यार्थीको हकमा उसले यहाँको शैक्षिक संस्थाबाट डिग्री हासिल गरेपछि आइईएलटिएसमा आवश्यक अंक ल्याउनासाथ पिआर पाउन सक्छ । पिआर होल्डर भनेका विदेसमा दक्षता हासिल गरेर भोली देस फर्कनसक्ने सम्भावना भएको जनशक्ति हुन् । किनकी पिआर लिनका लागि आफ्नो देशको नागरिकता त्याग्नु पर्दैन । नागरिकता लिन चाहे मात्रै आफ्नो देसको नागरिकता त्याग्नुपर्छ ।

पिआर लिएकै भरमा जन्मदेशको नागरिकता त्याग्नुपर्ने हो भने त्यो मानिस कुनै देशको पनि नागरिक रहँदैन । यो त सरासर अन्याय हुन्छ । पिआर लिएर पनि आफू नागरिक भएको देसमा बसेर नियम नमिचिकन काम गर्नुलाई अपराधको संज्ञा दिनु सर्वथा गलत् हो । पिआर लिएको छ, नागरिकता पनि लिन्छ भन्नु यसका दाँत पलाए, झारिदिनु पर्छ, नत्र भोली दाह्रा पनि पलाउँछ भनेजस्तै हो । ऐन कानूनमा अन्यायको व्यवस्था नहोस् भनेर सबैले सोच्न जरुरि छ ।

संसारका केही देसहरुमा केही वर्ष पहिले हाम्रोमा अहिलेजस्तै जनशक्ति विदेसिने समस्या रहेको र पछि देस फर्कने वातावरण बनेपछि फर्किएको श्रम र सीपले देश कायापलट गरिदिएको उदाहरणसहितका भाषण हाम्रै नेताहरुले कान फुट्ने गरी दिएको मैले धेरै पटक सुनेको छु । मन्त्रि पण्डितले भने झैं विदेश जान खुट्टा उचाले मात्रै पनि नागरिकताको मर्म भावनामा चोट पुग्ने र त्यो सँजाएको भागिदार हुन पर्नेजस्तो ईश्यामिश्रीत विभेदपूर्ण तर्कले ठाउँ पाउने हो भने हाम्रो विदेशिएको जनशक्ति कहिले पनि स्वदेसले सदुपयोग गर्न पाउला भनेर कल्पना पनि गर्न सकिँदैन । आफ्नो व्यक्तिगत बुझाई र लहडको भरमा कुनै जिम्मेवार पदमा आसिन व्यक्तिले यो देस तिम्रो होईन भनेर कसैको भावनामा ठेस पुराउँछ भने त्यो पनि सजायँको भागीदार हुनुपर्दछ ।

Comments

Popular posts from this blog

कथा- परदेश

आज मन चरक्क चिरीएर चुहिएलाजस्तो भयो। हृदयको बाँध भत्किएछ क्यारे!। वर्षौं भैसकेछ बिदेसिएको । आफैंसँग हारेजस्तो लाग्यो। पराजय आत्मसात् गर्न नसकेर आफैंसँग मुख लुकाएको अनुभूतिले नराम्रोसंग गाँज्यो । मन चिरिनुको पीडा घाऊ चिरिनुको जस्तै भैदिए कती आनन्द हुँदो हो ! आँसु पोखिनु पीप पोखिनुजस्तै भैदिए दुखानुभुती नै कहाँ हुँदो हो र ? तर मन त घाऊ बनाउन चिरिन्छ । कहिल्यै नपाक्ने घाऊहरुको संग्रहालयजस्तो छ मन । अतितको यादले मुटु चिमोटिएको थियो । त्यो मीठो थियो या नमीठो मैले निर्क्योल गर्न सकिनँ । घरिघरी भने दुख्ने मुटु चिमोटेर फ़ालिदिन पाए फेरी नदुख्दो हो जस्तो लाग्थ्यो । सांझ ढलीसकेको थियो । सड़कबत्तिहरू बलिसकेका थिए । मलाई लागेन तिनिहरू मलाई प्रकाशित गर्न बालिएका हुन् । बगैँचाको चीसो हावाले लाग्दैनथ्यो मेरो हृदयको जलन घटाईरहेको छ । चमेराहरु रुखमा झुंडीएर हत्ते गरिरहेका थिए । तिनिहरुलाई हेरेर दया गरिरहेको आफैमाथि दया लाग्यो सम्झंदा । पीठयूँ फ़र्काएर लुकाउन मिल्दैनरहेछ आफ्नो परिचय आफैलाई । पछाडी फर्किनुको कुनै खास प्रयोजन त थिएन तर देखें उसले मलाई नै हेरेर बसिरहेकी थिई । मलाई चासो थिएन कसैले मलाई हेरो...

Author Profile

Bikram Bibas Keep your face always towards the sunshine, and shadows will fall behind you. 😁 Name:  Bikram Bahadur Khatri Pen Name:  Bikram Bibas Date of Birth:  February 1984 Birthplace:  Jaljala Rural Municipality-4, Parbat District, Nepal Formerly Known As:  Mallaj Majhphant VDC, Ward No. 2, Fatkedhunga, Subedi Tole, Dhaulagiri Zone, Parbat Discrict, Nepal Current Address:  Sydney Australia since 2009 Parents:  Mr. Indra Bahadur K.C. and Mrs. Jhuma K.C. Academic Background Master of Arts in English Literature , Tribhuvan University, Nepal (2009) Bachelor of Business Information Systems , Victoria University, Australia (2014) Published Works Pushpanjali  – A novel exploring emotional love story of teenagers and cultural narratives Jail Jindagi   – A collection of ghazals reflecting on love, life, struggle, and human experience Literary & Editorial Involvement Founder Vice President  – Mohan Bahadur Malla Sahitya Pratisthan, Parbat...

कविता : कुहिरोको काग

कुहिरोको काग मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ, जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्, जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ, झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्, पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्, जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्, छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्, चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्, मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्, अनि तिर्खा मेट्छन् अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्, चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्, चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्, मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्, जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ, जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्, जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्, जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन, जहाँ ढुँगा...