Skip to main content

Posts

Showing posts from May, 2025

कविता : कुहिरोको काग

कुहिरोको काग मैले आँखा खोल्दा देखेको यो विशाल पहाडपल्तिर मैले आँखा चिम्म गर्दा देख्ने एउटा संसार छ, जहाँ मान्छेहरु ढुँगामाटोको घरमा हाँसीखुसी सरल जिन्दगी बाँच्छन्, जहाँका खोलानालामा कन्चन चिसो पानी बग्छ, झरनाहरुले गीत गाउँछन्, हिमालहरु हाँस्छन्, पंक्षीहरु नाच्छन्, वर पीपलका पातले ताली बजाउँछन्, जहाँ बाँसका टटेला काटेर केटाकेटीले फिरफिरे नचाउँछन्, मुखुन्डो बनाउँछन्, छाताको करङ् तताएर निगालोमा प्वाल बनाउँछन् र बाँसुरि बजाउँछन्, चौतारिहरुमा खेताला खेताल्निले भारि विसाउँछन्, मुलको पानीमा पिपलको पातलाई ढुँगाले च्यापेर तिरतिरे धारो बनाउँछन्, अनि तिर्खा मेट्छन् अर्मपर्म गरेर बालीनाली लगाउँछन्, ऐचोपैंचो गरेर पनि छाक चलाउँछन्, चकचके केटाकेटीहरु पाखाभरि पल्टिन्छन्, चरनका गाइवस्तुहरुले नुहाउने आहालमा पौडिन्छन्, मकै र भटमासको खाजा कितावसँगै झोलामा हालेर स्कूल जान्छन् र बाँडेर खान्छन्, जहाँ साँझविहान घरको ढोका बन्द गर्नु अशुभ मानिन्छ, जहाँ पाहुना भगवान सरह हुन्छन्, माग्नेहरू साधु हुन्छन्, जहाँ गाईनेको गित सुनेर मान्छेहरु रुन्छन्, जहाँ जनावरहरु छेक्ने अगुलो भए पुग्छ, ढोकामा ताला चाहिँदैन, जहाँ ढुँगा...

अनेकको राजनीति ...

वर्षौं  वितिसक्दा पनि अझै अनिश्चित् वर्षहरु विदेसमै वित्ने निश्चित् छ । आउँदा पक्कै फर्कन्छु स्वदेस भन्ने नै थियो । अव बुढेशकालमा त के अनुहार लिएर फर्कनु र खै । जिन्दगीको के भर छ र? यतै–यतै मरिएलाजस्तो छ । मरेपछि जमीनमा गाडिनुमा र धुवाँ बनेर उड्नुमा के फरक छ त्यो त थाहा छैन । तर मरिहालेको वखत मलाई चितामा जल्न नै मन छ । धुँवा बनेर उड्न नै मन छ । यो मन, यति अनेकको राजनीति कसले बनायो होला? बाढीले पछारेको माछालेजस्तो, हुरिले लछारेको हाँगालेजस्तो, उड्दाउड्दै उडिरहँदा गुँड फर्किने बाटो विर्सिएको पंक्षीलेजस्तो मैले कतिन्जेल जोगाईरहन सकुँला मेरो हौसला? फर्किहालेछु कथम्कदाचित भने पनि मलाई पक्कै चिन्ने छैन भत्केको मेरो गुँडले, ईन्कार गर्ने छन् मेरा आफ्नै वचेराहरुले । मेरो शीरमा हात राखेर आशिर्वाद दिएको एउटा सिंगो पुस्ता जस्केलाबाट धुँवा बनेर हराईसकेपछि मैले कस्को सामु निहुराउने मेरो शीर? कस्को अगाडि बगाउने मेरा आँसु? को सामु फुकाउने भक्कानिएको मेरो मनको पोको? म त फर्किन्नँ होला । मरेपछि जमीनमा गाडिनुमा र धुवाँ बनेर उड्नुमा के फरक छ थाहा छैन । तर मरिहालेको वखत मलाई चितामा जल्न नै मन छ । ...