Skip to main content

Posts

Showing posts from May, 2017

सपनाहरूको लागि बाँचिरहेछु...

दिनभर हिँडेर कहिँ पुगिएन । जिन्दगीलाई रिज्यूमीमा खुम्चाएर क्याफे, होटल, रेष्टूराँ र कम्पनीका लकरहरूमा फाईलिङ् गरिरहें । महिनौं बितिसके यसरी । सयौं कपी बनिसके जिन्दगीका आजसम्म । लेखाजोखा छैन– कति प्रति जिन्दगीहरू रिसाईकल वीनमा आँसु चुहाइरहेका होलान् । केहि नखोजेर पनि खोजेजस्तो, केहि जानेर पनि नजानेजस्तो, बथान हराएको भेडोजस्तो यो शहर कैलेसम्म चाहार्ने होला मैले? मध्यान्हको चर्को घाम छलेर वोटानिक गार्डेन छिरेपछि मेरा निस्तेज आँखाहरूले अलि उर्जा प्राप्त गरे । थोरै राहतको अनुभूति भयो । अब पलभरको लागि भए पनि आँखाभरि समुन्द्र हेरेर चिसो हावासँगै कल्पनाशून्य टोलाउँदा मैले जीवनका सारा दुःखहरू बिर्सन सक्थें । परिचितहरूको भिड छलेर पाखा लागेपछि मैले कसैसँग लाज मान्न पर्दैनथ्यो । मैले निर्धक्क आफूलाई रुझाउन सक्थें, सुकाउन सक्थें । लुकाउन सक्थें, फुकाउन सक्थें । तर आज लामो समयसम्म दिमागमा कुराहरू पोको परिरहे, गुजुल्टिरहे । निदाउँदै-व्यूझिँदै गरेर देखेको विश्रृङ्खलित सपनाजस्तो कुन फेद हो, कुन टुप्पो हो टुङ्गो लगाउनै सकिनँ । जिन्दगीको श्रृङ्खला भत्किँदै जाँदा सपनाको श्रृङ्खला चुलिँदै जाँदोरहेछ । मान्...