किन हाल्ने गगनलाई भोट?


सानै हुँदा हातमा चारतारे झण्डा समाएको ठूलै हुल गाउँमा जन्तीको लस्करजस्तो नाच्दै गाउँदै हिँडिरहेको रमिताजस्तो घटना सम्झन्छु ति कुर्लन्थे– ‘चारतारे चारै चीत, देखिस् माले हाम्रो जित सायद त्यो कुनै चुनाव को परिणामपछिको विजय उत्सवको समय थियो

मलाई राजनीतिबारे कुनै ज्ञान थिएन स्कूलको प्रार्थनाकालमा लहराएको चन्द्रसूर्य अंकित झण्डाबाहेक अरु झण्डा मैले देखेको पनि थिईनँ झण्डा देसको मात्रै हुन्छ भनेर जानेको त्यो दिन अलमल्ल परेर बुबाको अनुहारमा हेरिरहेको थिएँ अनि सोधेको थिएँ– ‘किन यि मान्छेहरुले समाएको झण्डामा चन्द्रसूर्य छैन?’ त्यही दिन बुबाको मुखबाट मैले नेपाली काँग्रेसको नाम सुनेको थिएँ

मनमा निकै जिज्ञासाहरु उत्पन्न भएको दिन थियो त्यो बुबा स्कूलको शिक्षक हुनुहुन्थ्यो स्कूलमा पनि, घरमा पनि बुबाले मेरा जिज्ञासाहरुको समाधान दिनुहुन्थ्यो त्यो दिन बेलुका मैले फेरि बुबालाई सोधें– ‘बाबा नेपाली काँग्रेस भनेको के हो?’ त्यो साँझ बाबाले काँग्रेसबारे भनिरहँदा फेरि एकपटक रातीमै भए पनि चारतारे झण्डा समाएर एक्लै कुदुँजस्तो लागेको थियो राणाशासन, प्रजापरिषद, अमर शहिदहरु, ०७ सालको आन्दोलन, पञ्चायत यसविरुद्धको आन्दोलन हुँदै ०४६ सालसम्म आईपुग्दा मेरो बालमष्तिष्कमा दिउँसो देखेको चारतारे झण्डाप्रति अगाध स्नेह जागृत भएको थियो

मैले फेरि सोधें– ‘बाबा मान्छेहरुलेमालेलाई किन गाली गरेका? माले को हो ?’ बाबाले भन्नुभयो– ‘मालेहरु साम्यवादी हुन् कमिनिष्टहरु हुन् तिनीहरुले सबै जातपात साम्य बनाउने भन्छन् तल्लो जातकालाई हाम्रो घरभित्र, मन्दिरभित्र हुल्ने भन्छन् मलाई मालेहरुसँग नराम्रो रिस उठेको थियो त्यो वेला  मनमनै गाली गरेको थिएँ, तर मनमनै खुसी पनि थिएँ काँग्रेसले जितेकोमा कताकता सुरक्षितजस्तो महसुस भएको थियो सोचें तल्लो जातकाहरु काँग्रेसले जितेको कारण हाम्रो घरभित्र छिर्न नपाउने भए !

मेरो बाबा स्कूलको शिक्षक भएर पनि काँग्रेस त्यसरी बुझ्नुभएको थियो बाबाले बुझेको काँग्रेस मैले पनि निकै वर्षसम्म बुझिरहें सायद हाईस्कूल नसक्दासम्म त्यसको धेरथोर अंश रहिनै रह्यो क्याम्पस पुगेपछि पनि काँग्रेसलाई फरक तरिकाले बुझ्न निकै समय लाग्यो वी.पी. प्रजातान्त्रिक समाजवादलाई गहिरो गरी नबुझ्दासम्म मैले काँग्रेस त्यही यथास्थितिवादी समाजमा वर्गीय विभेदको पक्षपोषण गर्ने दल भनेरै बुझिरहें तरशक्ति बन्दूकको नालबाट निस्कन्छभन्ने कम्यूनिष्ट आदर्शले पनि खासै तान्न सकेन यसबाट मलाई सधैं रगतको अमिलो गन्ध आईरह्यो कम्यूनिष्ट नहुनुका मेरा हाँसउठ्दा वैयक्तिक कारणहरु पनि छन्, अहिले त्यतातिर नलागौं

काँग्रेसीहरुले कुरा चपाउन आवश्यक छैनतिनका अधिकांश मतदाताले बुझेको बुझाईएको काँग्रेस आज पनि केही हदसम्म त्यही हो थोरै यथार्थ, अलिकति कम्युनिष्ट धारका मानिसहरुले लगाउने एकोहोरो यथास्थितिवादीको आरोप धेरै काँग्रेस पार्टी स्वयम्ले आफ्नै मतदाताहरुलाई बुझाउन नसकेको वास्तविकताको मिश्रण अहिलेको काँग्रेस हो सायद मभन्दा अघिल्लो पुस्ताले बनाउन बुझाउन खोजेको काँग्रेस यस्तै भ्रमपूर्ण काँग्रेस थियो

सामाजिक, राजनैतिक रुपान्तरणको यो संगीन समयमा यो देसकै पुरानो ठूलो दलमा त्यो भ्रमपूर्ण काँग्रेसबाट असली काँग्रेसमा रुपान्तरण हुने ठूलो आवश्यकता चुनौति आसन्न महाधिवेसन काँग्रेसीजनहरुको लागि यो दाग पखाल्ने सुवर्ण अवसर हो

मैले आफै बाँचेको मेरो बुबापुस्ताबीचको यो अन्तर वर्तमान काँग्रेस बुझाउने एउटा सांकेतिक घटना हो यि दुई पुस्ताबीच छर्लंग देखिने भिन्नताको यो सार पनि हो सदस्यताधारि काँग्रेस होईन तर काँग्रेस महाधिवेसनको सन्दर्भमा गगन थापाको पुस्ता प्रतिष्पर्धामा उत्रिएपछि मनमा एउटा तरंगजस्तो पलाएको

त्यो बेलाको मेरो बुवा अहिलेको  बुबाबीच आकाशपातालको फरक अफसोस् बुबा बदलिनुभए झैं काँग्रेस बदलिएको छैन सदस्यताधारी काँग्रेस नभएर पनि हामीले बुझेका छौंकाँग्रेस हुनु जातीवादी हुनु हैन, वर्गभेदी हुनु हैन तर यही कुरा सक्रिय काँग्रेस भएको पुरानो पुस्ताले स्वीकार गर्न गाह्रो यही पुस्तान्तरको अन्तरद्वन्दसँगै एउटा युवाले काँग्रेस भएर बाँच्न चाहेको समाज पुरानो पुस्ताले बुझेको काँग्रेसबीचको द्वन्द नै वास्तवमा यतिबेलाको काँग्रेस महाधिवेशनको असली द्वन्द हो

कुरा घटनाविशेषको हैन मेरो जीवनको घटना सबैको परिवेशसँग नमिल्ला पनि तर कुरा समाज परिवर्तनको वेग आवश्यकतालाई वोध गरी सोअनुरुप पार्टीलाई शैद्धान्तिकरुपमा रुपान्तरण गर्नसक्ने नेतृत्वको हो जसरी मैले मेरो बुबापुस्तालाई परिवर्तन सिकाउदै  समाजको आवश्यकताअनुरुप रुपान्तरित गर्न सक्छु त्यसरि नै गगनहरुले काँग्रेसलाई वैचारिक सांगठानीकरुपमा रुपान्तरित गर्न सक्छन् गर्ने अवसर पाउनु पर्छ

लुकाउन पर्ने कुरा केही छैन काँग्रेस विगतमागणतन्त्र आउँछभन्न मन नलागेर  ‘त्यो आउँछभन्नेहरुले हाँकेको पार्टी हो भलै गुणदोष सबैका हुन्छन् समयले तिनको मूल्यांकन गरेको आगामी दिनमा पनि गर्ला तर यो समय काँग्रेसको नेतृत्वमा 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल'को संविधान घोषणा गर्ने गौरवपूर्ण घडिसम्म पार्टीलाई ल्याईपुराउन गगनहरुले दिएको योगदान वगाएको पसिनाको मुल्यांकन गर्ने उचित समय भएकोले प्रतिनीधिहरुले गुटउपगुटवाला खिचातानीबाट पृथक रहेर पार्टीलाई बैचारिक सांगठानीक दृष्टिकोणबाट रुपान्तरित गर्न नेतृत्वको लागि गगनपुस्तालाई भोट हाल्नु आवश्यक केही दिनमा यो हुनेछ भनेर विश्वास गर्न सकिने प्रशश्त आधारहरु पनि छन्

Comments

Popular posts from this blog

कथा- परदेश